Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने

दैनिकी न्यूज

१६, श्रावण २०७९
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने
images

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ । आइतबार राती सोसम्बन्धमा सम्झौंता सम्पन्न भएको हो । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै बैंकका संचालकहरूले उपस्थितिमा होटल मोरियटमा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्ने बताइएपनि स्वाप रेसियोसम्बन्धी अन्तिम टुंगो भने ड्यू डेलिजेन्स अडिट (डिडिए) मा आधारित रहेर कायम गर्ने सम्झौता भएको बताइएको छ ।

प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने बताइएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - ०७:१९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology