Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

दैनिकी न्यूज

१६, श्रावण २०७९
विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
images

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मासँगै सुर्खेतका धर्मेन्द्र बास्तोला, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर लगायतका छन् ।

हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको हो।

ललितपुर जिल्ला अदालतले सोमबार जारी गरेको पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।

यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १०:२२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology