काठमाडौँ ।काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका श्रीमान्, श्रीमती, छोरा छोरी गरी चारजना हत्या गरिएको अवस्थामा मृत फेला परेका छन्।
काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र छोराछोरी मृत फेला परेका हुन्। घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए।
काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घटनास्थल पुगिसकेको छ।