Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेप्से सामान्य अंकले बढ्यो

नेप्से सामान्य अंकले बढ्यो

दैनिकी न्यूज

१६, श्रावण २०७९
नेप्से सामान्य अंकले बढ्यो
images

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयको पहिलो आधा घण्टामा उच्च अंकको गिरावटसहित कारोबार अवधिभर उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १.१५ अंकले बढेको हो । योसँगै नेप्से सूचक नेप्से परिसूचक २१९६.२५ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९४ अंकले बढेर ४२१.१४ को विन्दुमा उक्लिएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २१७ का कम्पनीका १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७६५ रुपैयाँमा किनबेच भएका छन्।

बजार सामान्य अंकले बढ्दा आज ५ समुहका परिसुचक बढ्दा अनय ८ समुहका परिसुचक भने ओरालो लागेका छन् । आज बढ्ने समुहमा उत्पादनमुलक १०९, जलविद्युत १८, व्यापार ७६ र बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ५ अंकले बढेका छन् ।

यस्तै आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समुहमा देखिन्छ । आज यो समुहको परिसुचकमा ६० अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक ५९, लघुवित्तको ५८ र जीवन बीमा समुहको परिसुचक १९ अंकले घटेका छन् ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १७:२०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology