Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

दैनिकी न्यूज

१७, श्रावण २०७९
मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने
images

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँट हुनेछ । बाँडफाँटको समय मध्यान्न ४ बजे तोकिएको छ ।

आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँको १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओमा माग भन्दा साढे १६ गुणा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुन लागेको हो ।

कम्पनीले साउन ९ देखि १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष, २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १०:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology