Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्दै

भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्दै

दैनिकी न्यूज

१८, श्रावण २०७९
भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्दै
images

काठमाडौं । भदौ ६ गतेदेखि बरुण हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्।

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०६:४७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology