Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यसरी भयो श्वेतगंगाको आईपिओ बाँडफाँड

यसरी भयो श्वेतगंगाको आईपिओ बाँडफाँड

दैनिकी न्यूज

१८, श्रावण २०७९
यसरी भयो श्वेतगंगाको आईपिओ बाँडफाँड
images

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द भएको छ । क्यापिटलले योग्य रहेका १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको हो ।

गोलाप्रथाबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २ सयले मात्र शेयर शेयर पाएका छन्। यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका १३ लाख १६ हजार ९ सय ४३ जना आवेदक हात खाली भएका छन् ।


कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो। 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - १०:४३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology