काठमाडौँ । काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ।
शनिबार बिहान ५ बजेर २६ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प आएको रेकर्ड भएको छ ।
संघीय राजधानी काठमाडौंनजिकै रहेको नुवाकोटको बेलकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपाल, चीन र भारतका केही स्थानमा महसुस गरिएको थियो ।
यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।