Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्दै

सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

२४, श्रावण २०७९
सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागिआईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।

सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - १०:२६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology