ललितपुर । सोमबार ललितपुरको बागडोलमा बस दुर्घटना भएको छ । एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले बताए । ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेहरुलाई तत्काल प्रभाग सानेपबाट खटिएको प्रहरी टोली उद्धार गरी स्टार अस्पताल ल्याई उपचार पश्चात घाईते सात जनालाई डिस्चार्ज गरिएको र खिल बहादुर भण्डारीलाई थप उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला नवलपरासी कावासोती–२ घर भई हाल काठमाण्डौ कलंकी बस्ने वर्ष २५ की सुगम थापा अवस्था अनुहारमा चोट बोल्न सक्ने, काठमाण्डौ किर्तिपुर–८ घर भई बस्ने वर्ष ३३ की सुनिता श्रेष्ठ अवस्था टाउकोमा चोट बोल्न सक्ने, जिल्ला सुनसरी धरान–२० घर भई हाल काठमाण्डौ किर्तिपुर बस्ने वर्ष ३३ की सन्ध्या राई अवस्था टाउको र ढाडमा चोट बोल्न सक्ने, जिल्ला दोलखा घर भई हाल काठमाडौं किर्तिपुर बस्ने वर्ष ३० की सबिना खड्का अवस्था दाहिने खुट्टामा चोट बोल्न सक्ने, ललितपुर–१४ नखिपोट घर भई बस्ने वर्ष ३० को उदेश्य वाग्ले अवस्था टाउको र घाटीमा चोट बोल्न सक्ने, जिल्ला सिन्धुपाल्चोक घर भई हाल ललितपुर–४ धोविघाट बस्ने व र्ष ५९ को जित बहादुर पोखरेल अवस्था बाया कोखामा चोट बोल्न सक्ने, जिल्ला रामेछाप घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४५ को खड्ग बहादुर थापा अवस्था टाउको र ढाडमा चोट बोल्न सक्ने र काठमाडौं–१४ कलंकी घर भई बस्ने व र्ष ६७ को खिल बहादुर भण्डारी अवस्था टाउको र घाटीमा चोट बोल्न सक्ने रहेका छन् ।