Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्मृतिमा स्वनाम सार्वजनिकीकरण

स्मृतिमा स्वनाम सार्वजनिकीकरण

दैनिकी न्यूज

३१, श्रावण २०७९
स्मृतिमा स्वनाम सार्वजनिकीकरण
images

काठमाडौँ । कम्युनिस्ट नेता स्वनाम साथीको स्मृतिमा प्रकाशित पुस्तक ‘स्मृतिमा स्वनाम’ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको छ । पुराना कम्युनिस्ट नेता तथा पत्रकार भैरव रिसाल र माक्र्सीय गुरुकुलका संस्थापक सदस्य घनश्याम शर्मा पौड्याल र प्रधान सम्पादक निनु चापागाईंले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाम विश्लेषक श्याम श्रेष्ठ र लेखक आहुतिले बोलेका थिए ।

सम्बोधनका क्रममा भैरव रिसालले स्वनाम सरल र सादगी नेता भएको बताए । स्वनामले आफ्नो सादगीपन व्यवहारमै देखाउनुभएको रिसालले बताए ।
सम्बोधनका क्रममा गिरिराजमणि पोखरेलले स्वनाम साथीका जीवनका विभिन्न पाटापक्षबारे चर्चा गरे ।
आहुतिले नेपाली कम्युनिस्ट आन्दोलनमा बहस हुँदै आएको ‘सर्वहाराकरण’को विषय सही हुँदाहुँदै पनि बाँच्नकै लागि मध्यम र पुँजीपतिवर्गसँग हात थाप्नुपर्ने नियति रहेको बताए । ‘स्वनाम साथीले पनि बाँच्नकै लागि त्यस्ता वर्गसँग हात थाप्नुपर्ने अवस्था भयो, यसको समीक्षा गर्नुपर्छ’ आहुतिको भनाइ थियो ।
प्रधान सम्पादक निनु चापागाईं रहेका पुस्तकमा स्वनाम साथीसम्बन्धी ८५ जना व्यक्तिले संस्मरण लेखिएको छ । पुस्तक माक्र्सीय गुरुकुलले प्रकाशन गरेको हो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ०६:५१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology