काठमाडौं । आज (शुक्रबार) सेयर कारोबार बन्द हुने भएको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।
शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुदै आएको थियो ।