Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भदौ १५ गतेदेखि श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्दै

भदौ १५ गतेदेखि श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

८, भाद्र २०७९
भदौ १५ गतेदेखि श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । भदौ १५ गतेदखि श्रृजनशील लघुवित्तले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ । 

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०८:५१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology