काठमाडौं । काठमाडौं । आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा लघुवित्तको शेयर बाँडफाँट भएको हो।
धौलागिरी लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
यो आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो। जसमा १८ लाख ६४ हजार ६४० आवेदकबाट परेको २ करोड ४ लाख ६१ हजार ८४० कित्ता सेयर सदर भएको छ भने १ हजार २८६ आवेदकबाट परेको १४ हजार १४० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकोले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट सदर आवेदकमध्ये भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।
यो आईपीओमा १८ लाख ३३ हजार ७११ आवेदकको हात खाली भएको छ।