Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

दैनिकी न्यूज

९, भाद्र २०७९
शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ
images

ललितपुर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।

कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछाप जिल्ला पिल्पुङ गाउँपालिका वडा नं. २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। उनले गोजीमा हत्कडी राखेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।

बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनी अस्पतालबाटै फरार भएका थिए । उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ।

बुढाथोकी फरार भएको घटनाको सन्दर्भमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी देबेन्द्र बहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको थियो।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - ०८:४३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology