काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लख २७ हजार ९३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ६ लाख १२ हजार ७९३ कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख २८ हजार ६१७ कित्ता र संस्थापकहरुले लगानी गरेको ३१ लाख ८६ हजा। ५२८ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १०६ रुपैयाँ ३५ पैसा देखि ३१९ रुपैयाँ ६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।