काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार सुनको भाउ ६०० रुपैयाँले घटेर छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको भाउ ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ बढेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको कारोबार भाउ प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।