Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

दैनिकी न्यूज

१५, भाद्र २०७९
आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला
images

काठमाडौं आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) विक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १५ गते देखि भदौ १९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०६:५६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology