काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको भाउ बढेको छ ।
डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।
यो पटक पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।