Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

दैनिकी न्यूज

१७, भाद्र २०७९
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ
images

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको भाउ बढेको छ ।

डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।

यो पटक पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०६:०३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology