काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९३ हजार ६०० र तेजाबी सुनको भाउ तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेको हो । यससँगै, आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।