काठमाडौं । आज विहान खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
खप्तड लघुवित्तको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो।
यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
अन्तिम दिनसम्म यो आईपीओमा परेका कुल आवेदन १७ लाख ८४ हजार ६२५ आवेदकबाट १ करोड ९४ लाख १० हजार ६२५ कित्ता सेयर प्रमाणीकरण भएका छन्। जसमा १७ लाख ८३ हजार ७४ आवेदकबाट परेको १ करोड ९३ लाख ९४ हजार २२० कित्ता सेयर भएको छ भने १ हजार ५५१ आवेदकबाट परेको १६ हजार ७०० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदरमध्ये १७ लाख ७० हजार ७३४ आवेदकको हात खाली भएको छ।
कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।
हाल चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि ४ करोड रुपैयाँ पुग्नेछ ।
सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।