Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सिद्धार्थ बैंकबाट सेयर भर्दा सि-आश्वा शुल्क नलाग्ने

सिद्धार्थ बैंकबाट सेयर भर्दा सि-आश्वा शुल्क नलाग्ने

दैनिकी न्यूज

२१, भाद्र २०७९
सिद्धार्थ बैंकबाट सेयर भर्दा सि-आश्वा शुल्क नलाग्ने
images

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सि–आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यस अघि बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यसअघि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकहरुले सि(आश्वा शुल्क नलिने घोषणा गरिसकेका छन् ।

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०८:३९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology