काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने पस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।