Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला

पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला

दैनिकी न्यूज

३१, भाद्र २०७९
पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला
images

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स. का वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरु) का लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । आईपीओमा सोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ३० गतेसम्म समय थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त आईपीओमा मेरो शेयर एप र वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ०६:४२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology