Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोभिड प्रभावित ३६ सय नेपालीलाई चीनले गर्‍यो खाद्यान्न सहयोग

कोभिड प्रभावित ३६ सय नेपालीलाई चीनले गर्‍यो खाद्यान्न सहयोग

दैनिकी न्यूज

३१, भाद्र २०७९
कोभिड प्रभावित ३६ सय नेपालीलाई चीनले गर्‍यो खाद्यान्न  सहयोग
images

 ललितपुर । कोभिड–१९ महामारीबाट प्रभावित ३ हजार ६ सय नेपाली परिवार र बालबालिकालाई चीन सरकारले खाद्यान्न राहत प्याकेज मार्फत सहयोग गरेको छ।

चिनियाँ सरकार, ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फण्ड र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जको सहयोगमा, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपालको कार्यालयले कोभिड–१९ महामारीबाट प्रभावित परिवार र बालबालिकालाई खाद्यान्न राहत प्याकेज वितरण गरेको हो। 

काठमाडौंको कीर्तिपुरस्थित श्री बालकुमारी माविमा एक औपचारिक कार्यक्रमबाट शुभारम्भ गरिएको उक्त परियोजनाले लक्षित परिवारलाई दुई महिनाको खाद्यान्नको पर्याप्तता पूरा गर्ने लक्ष्यका साथ आधारभूत खाद्य सामाग्री (चामल) २५ केजी, खाना पकाउने तेल (२ लि) रल (६ केजी) वितरण गर्नेछ। कार्यक्रममा बोल्दै सीएफआरडी नेपालका देशीय निर्देशक सुश्री जोउ झिकियाङले आयोजना अन्तर्गतका खाद्य प्याकहरू देशका ४ जिल्ला दोलखा, काठमाडौं, महोत्तरी र सप्तरीका २२ सामुदायिक विद्यालयमार्फत वितरण गरिने बताइन्।

चाडै नै आउंदै गरेको राष्ट्रिय चाड दशैं र तिहार मनाउन सहयोग गरिएका खाद्यान्न सामग्रीहरू उनीहरूका लागि ठूलो राहत हुनेछ भन्ने आशा राख्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् ।

देशका गरिब बालबालिका र परिवारले भोग्नुपरेको भोकमरीको समस्यालाई उन्मूलन गर्ने र उनीहरूलाई स्वस्थ रूपमा हुर्काउन सहयोग गर्ने र त्यससँगै चिनियाँ जनताको मित्रताको सन्देश पुर्याउने, जनताबीचको सम्बन्धलाई मजबुत बनाउने यस परियोजनाको उद्देश्य रहेको छ ।खाद्य प्याकेज वितरण कार्यक्रम अन्तर्राष्ट्रिय समाइलिंग चिल्ड्रेन प्रोग्रामको उप–कार्यक्रम हो।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १९:२२:११ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # china

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology