Logo

बुधवार, श्रावण २७ गते २०८३

images

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

दैनिकी न्यूज

२, आश्विन २०७९
शेयर बजार दोहोरो अङ्कले घट्यो
images

काठमाडौं । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार ८ सय ७६ दशमलव ४१ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक घटेको दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

ज बलेफी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । 

images
प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - १५:५५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology