काठमाडौं । राधी विद्युत कम्पनीले आजदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रु। ६४ करोड ६४ लाख ४ हजार ६२२ को १ शेयर बराबर नयाँ १.४०५२ रु. १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । यस आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोशेयर वेवसाइट र एप मार्फत आवेदन दिन सकिने छ । यसका साथै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु।६४ करोड ६४ लाख ४ हजार ६२२ रहेको छ । हकप्रद निष्कासन पश्चात् कम्पनीको पुजीँ रु। १ अर्ब ५९ करोड ९९ लाख ८० हजार पुग्नेछ ।