काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको घोर अपमान गरेको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। असोज ४ गते भित्र प्रमाणीकरण गरिसक्नपर्ने नागरिकता विधेयक निष्क्रिय भएपछि गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गरेको हो।
नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गर्दै संयुक्त विज्ञप्ति जारी गरेको छ।
हेर्नुहोस विज्ञप्ति
