काठमाण्डौ । लगातार घटिरहेको सेयर बजार आज दोहोरो अंकले बढेको छ । बजार ११ दशमलव १९ अंकले बढेर नेप्से सूचक १८४८.८० को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०१ अंकले बढेर ३६०.८८ को विन्दुमा पुगेको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २५ लाख ३१ हजार ३७० कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार ८८५ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटाको बढेको छ भने एउटाको मात्र घटेको छ । यो दिन वित्त समूह सर्वाधिक १.७९ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.३८ प्रतिशत, बैंकिङ समूह ०.५१ प्रतिशत, होटेल तथा पर्यटन समूह १.०१ प्रतिशत, जलविद्युत समूह ०.५९ प्रतिशत, लगानी समूह ०.५९ प्रतिशत, जीवन बीमा समूह ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशत, लघुवित्त समूह ०.७० प्रतिशत, निर्जीवन बीमा समूह ०.२६ प्रतिशत, अन्य समूह ०.१९ प्रतिशत र व्यापार समूह ०.७७ प्रतिशतले बढेको छ । उता आज म्युचुअल फन्ड समूह मात्रै ०.४४ प्रतिशतले घटेको छ ।
यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख रुपैयाँ, अपी पावरको १ करोड ८६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज सामलिंग पावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।