काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतितथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी बैंक विहीबार बसेको ४०३औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई दिने प्रस्ताव पेश गरेको हो ।
आर्थिक वर्ष २०७८–०७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व. २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ रुपैयाँको ९ प्रतिशतले हुने १,२७८,०८७,६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।