काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ। निफ्राले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ।
निफ्राको असोज ६ गते बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र निफ्राको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात सेयरधनीहरुले लाभांश पाउनेछन् ।