Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाली रुपैयाँ इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर

दैनिकी न्यूज

९, आश्विन २०७९
नेपाली रुपैयाँ इतिहासकै कमजोर
images

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।

नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस९युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ।

अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन्। यो समाचार कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०६:४७:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology