सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो ।
हालसम्म मृतक कसैको पनि पहिचान खुलिसकेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको छ ।
प्रहरीका अनुसार उक्त जीपमा कुल ९ जना सवार थिए।