Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

दैनिकी न्यूज

१५, आश्विन २०७९
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ
images

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १३ नख्खुखोला नजिक अवैध रुपमा लङगुर बुर्जा खेलिरहेको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं. १ घर भई ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बुढा सहित ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लङगुर बुर्जा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ६ सय ३० रूपैयाँ र लङगुर बुर्जा खेल्न प्रयोग भएका सामानहरु सहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने गौरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय भरत बजगाई सहित ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ११:४०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology