Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दशैंमा १६ अर्बका नयाँ नोट सटही

दशैंमा १६ अर्बका नयाँ नोट सटही

दैनिकी न्यूज

१६, आश्विन २०७९
दशैंमा १६ अर्बका नयाँ नोट सटही
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्त परिमाणमा सटही भएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

‘यसपटक राष्ट्र बैंकका साथै अन्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हामीले ८–१० अर्ब सटही हुने अपेक्षा गरेकोमा त्योभन्दा बढी रकम गएको छ ।’ राष्ट्र बैंकको प्रादेशिक कार्यालयका साथै बैंक वित्तीय संस्थाका विभिन्न शाखाबाट असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको थियो । बैंकलाई उपत्यकाभित्रका कम्तीमा ५ ओटा शाखाबाट नोट सटहीको व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले नोट सटहीका लागि एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका एकरएक बन्डल गरी १८ हजार ५०० रुपैयाँको सीमा तोकेको थियो । कोभिड महामारीका कारण विगत २ वर्षमा नयाँ नोट वितरण नगरे पनि दशैं, तिहार र छठको अवसरमा नयाँ नोट सटही सुविधा दिने परम्परालाई राष्ट्र बैंकले चालू वर्षमा भने निरन्तरता दिएको हो ।

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - ०७:४०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology