Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

दैनिकी न्यूज

१७, आश्विन २०७९
हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
images

हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशीको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले जानकारी दिए। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ। रासस

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - १०:२१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology