Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यसवर्ष हिले दशैँ

यसवर्ष हिले दशैँ

दैनिकी न्यूज

१९, आश्विन २०७९
यसवर्ष हिले दशैँ
images

काठमाडौं । यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ ।

दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । तर, लगातार जसो परिरहेको पानीले टिका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुलाई सास्ती भएको छ ।

दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा छाता, बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् ।

आज दिउँसोको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातीको समयमा प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्यदेखि पुर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र  गण्डकी   र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत  दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ०९:२६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology