Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सन्दीप लामिछाने आज नेपाल आउदै

सन्दीप लामिछाने आज नेपाल आउदै

दैनिकी न्यूज

२०, आश्विन २०७९
सन्दीप लामिछाने आज नेपाल आउदै
images

काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज नेपाल आईपुग्ने भएका छन् । सन्दीपले सामाजिक संजाल फेसबुकबाट आफु आज बिहान १० बजे कतार एयरवेजबाट नेपाल आईपुग्ने बताएका छन् ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।

सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पु-याएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

यस्तै काठमाडौं जिल्ला अदालतले भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

images
प्रकाशित मिति :आश्विन २०, २०७९ बिहिवार - ०८:३८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology