काठमाडौं । अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएको छ ।
लमजुङ, मर्स्याङदी गाउँपालिका-४ अर्खलेस्थित लमजुङ-मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३ भन्ज्याङस्थित तुलसीपुर-अमिलिया सडकखण्ड समेत अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा अवरोध भएको छ ।
प्यूठान, स्वर्गद्धारी नगरपालिका-९ प्यूठान-रोल्पा सडकखण्डस्थित जुरापाटामा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ फलाटेस्थित दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-९ पोखरेस्थित छिन्चु-जाजरकोट सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
दोलखा, भिमेश्वर नगरपालिका-५ बिरुवास्थित चरिकोट-मन्थली सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक अवरोध भएको छ ।
रोल्पा, रुण्टिगढी गाउँपालिका-५ खुम्वासास्थित दाङ-रोल्पा सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
पाल्पा, रिब्दिकोट गाउँपालिका-२ जोर्ते घुम्तिस्थित तानसेन-रिडी सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
नुवाकोट, बेलकोटगढी नगरपालिका-७ बुद्धसिङघाटस्थित गल्छी-त्रिशुली सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका-८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
मुस्ताङ, थासाङ गाउँपालिका-४ घोप्टे भिरस्थित बेनी-जोमसोम सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
चितवन, भरतपुर महानगरपालिका-२९ मुग्लिङ-नारायणगढ सडकखण्डस्थित सत्र किलोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूफमा अवरोध भएको छ । नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध भएका सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।