Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने

कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने

दैनिकी न्यूज

२४, आश्विन २०७९
कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने
images

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताए ।

कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उनको भनाइ थियो ।भुक्तानी गर्न बाँकी ११ अर्ब कोरोना बीमा गर्नेको सङ्ख्या १७ लाख ५८ हजार ३४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क सङ्कलन भएको थियो । यीमध्ये एक लाख ६५ हजार ५५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये चार अर्ब ७८ करोड ८१ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपियाँ छ । बीमालेखबाट उठेको शुल्कभन्दा तिर्नुपर्ने दायित्व भने १० गुणा बढी छ । सरकारले तिर्नुपर्ने दायित्व ११ अर्ब रुपियाँ पुगेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - ०६:३७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology