Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर–१ का लागि ४८ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार तीनमात्रै

ललितपुर–१ का लागि ४८ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार तीनमात्रै

दैनिकी न्यूज

२४, आश्विन २०७९
ललितपुर–१ का लागि ४८ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार तीनमात्रै
images

ललितपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुर प्रतितनिधिसभा निर्वाचन क्षेत्र नं १, प्रदेशसभा १ (क) र (ख) का लागि ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि १९ जनाको उम्मेदवारी परेको छ भने ललितपुर प्रदेशसभा (क) का लागि १३ (ख) का लागि १६ जनाको उम्मेदवारी परेको छ ।

ललितपुर प्रतितनिधिसभा निर्वाचन क्षेत्र नं १ का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) बाट निवर्तमान सांसद नवराज सिलवालले क्षेत्र नं. १ का लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राप्रपाका तर्फबाट सन्दीप आचार्य, नेमकिपाबाट कविन्द्र डङ्गोल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेपाल पिपुल्स पार्टीबाट सुभद्रा महर्जन, जनता समाजवादी पार्टीबाट गोपालराज राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनिषबहादुर श्रेष्ठ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सूर्य तामाङ बलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रतर्फबाट फूलमाया लो, नवराज घिमिरे, राजकुमार तिमल्सिना, गोकुल तिमल्सिना, विशाल तामाङ, भूपेन्द्र सिलवाल, शैलेन्द्र विष्ट, सुमन भोम्जन र गोविन्द घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर प्रदेशसभा १ (क) का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि दहाल ‘ललित’ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा (एमाले) को तर्फबाट मधुसुदन पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट सुरेश मार्पा, राप्रपाबाट हुमा पाण्डे, नेमकिपाबाट बुद्ध लामा, राप्रपा नेपालबाट दिपेशकुमार खत्री र आमुल मसिंहा पार्टीबाट विष्णु लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । ललितपुर १ (क) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्रतर्फ कुमार तिमल्सिना, नारायण खड्का, ठक्कर घिमिरे, रामहरि घिमिरे, श्यामकुमार घिमिरे र राजु आले मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी ललितपुर प्रदेशसभा १ (ख) का लागि पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेका तर्फबाट निवर्तमान प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट तिलकबहादुर जिम्मा, राप्रपाबाट विश्वराज न्यौपाने, नेमकिपाका तर्फबाट मन्दीप महर्जन र हाम्रो नेपाल पार्टीबाट अशोककुमार केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । ललितपुर १ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्रतर्फ सरोजकुमार सञ्जेल, बद्रीबहादुर बस्नेत, पिताम्बर सञ्जेल, सरोजकुमार विष्ट, चित्रबहादुर तामाङ, नवराज कुँवर, श्रीलाल भोम्जन, तिलकबहादुर भोम्जन, देवेन्द्र श्रेष्ठ र राजेन्द्र महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला उम्मेदवार चारमात्रै
ललितपुर–१ मा ४८ जनामध्ये महिला उम्मेदवारको सङ्या तीन मात्रै रहेको छ । त्यसमध्ये प्रतिनिधिसभामा नेपाल पिपुल्स पार्टीबाट सुभद्रा महर्जन र स्वतन्त्रतर्फबाट फूलमाया लोको उम्मेदवारी परेको छ ।
क्षेत्र नं १ को प्रदेश (क) मा राप्रपाबाट हुमा पाण्डेले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - ०९:१७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology