Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर–३ मा ४३ जनाको उम्मेदवारी दर्ता

ललितपुर–३ मा ४३ जनाको उम्मेदवारी दर्ता

दैनिकी न्यूज

२४, आश्विन २०७९
ललितपुर–३ मा ४३ जनाको उम्मेदवारी दर्ता
images

ललितपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का लागि २२ जनाको उम्मेदवारी परेको छ । पाँचदलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् भने एमालेका तर्फबाट अमृत खड्काले उम्मेदवारी दर्ता गराएको छ । भुसाल नेपाल सरकारका वर्तमान उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री हुन् ।

प्रदेशसभा ललितपुर ३ (क) निर्वाचन क्षेत्रका लागि १२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर ३ (क) लागि पाँचदलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएको छ भने एमालेका तर्फबाट रघुनाथ महर्जनले उम्मेदवारी दर्ता गराएको छ । राजकाजी निवर्तमान प्रदेश सांसद हुन् ।

raghu.jpg

प्रदेशसभा ललितपुर ३ (ख) का लागि नौ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ललितपुर २ (ख) लागि पाँचदलीय गठबन्धनबाट कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको छ भने एमालेका तर्फबाट प्रेमभक्त महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जितेन्द्रकुमार श्रेष्ठ नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापतिसमेत हुन ।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - १०:३४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology