Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दोहोरो अंकले घट्यो नेप्से सूचक

दोहोरो अंकले घट्यो नेप्से सूचक

दैनिकी न्यूज

२५, आश्विन २०७९
दोहोरो अंकले घट्यो नेप्से सूचक
images

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ दशमल शून्य ६ अङ्कले ओरालो लागेर १ हजार ८ सय ५५ दशमलब १६ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ।

कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ मा कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरु उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो।

कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु तीन करोड १० लाख नौ हजार चार सय ४९ बराबरको कारोबार भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४३ लाख ६७ हजार सात सय ८९, हिमालयन पावर पार्टनर रु दुई करोड १८ लाख ९९ हजार पाँच सय १३ , रिडी पावर कम्पनी रु दुई करोड सात लाख तीन हजार आठ सय ७२ र नेपाल दूरसञ्चार कम्पनी रु एक करोड ९२ लाख ७४ हजार सात सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार समिट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो। अभियान लघुवित्त नौ दशमलब ९८, रुरु जलविद्युत् परियोजना सात दशमलब ८४ र श्वेत गङ्गा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन्।

त्यस्तै विन्दवासिनी हाइड्रोपावर सात दशमलब १८, सिङगटी हाइड्रोपावर चार दशमलब २६, नेरुडे लघुवित्त तीन दशमलब ८३, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७८ र एभरेष्ट बैंकका लगानीकर्ताले तीन दशमलब ७८ प्रतिशतले गुमाएका छन्। 

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - १५:४५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology