Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

दैनिकी न्यूज

२५, आश्विन २०७९
रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज
images

काठमाडौं । रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए ।

2.jpg

 

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - १७:५४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology