Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लक्ष्मण थारुको उम्मेदवारी बदर

लक्ष्मण थारुको उम्मेदवारी बदर

दैनिकी न्यूज

२५, आश्विन २०७९
लक्ष्मण थारुको उम्मेदवारी बदर
images

काठमाडौं । । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी बदर गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी बदर भएको जानकारी दिएको छ।

लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय पाई फरार रहेको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।

असोज २३ गते वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - १९:००:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology