Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जसपाका चार मन्त्री बर्खास्त

जसपाका चार मन्त्री बर्खास्त

दैनिकी न्यूज

२७, आश्विन २०७९
जसपाका चार मन्त्री बर्खास्त
images

काठमाडौं । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् । सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् । सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - २२:०३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology