Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोल्टी होटेलले प्रस्ताव गर्यो लाभांश

सोल्टी होटेलले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

३, कार्तिक २०७९
सोल्टी होटेलले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०७:५०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology