Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

दैनिकी न्यूज

६, कार्तिक २०७९
दोहोरो अंकले बढ्यो नेप्से
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ३५ अंक बढेर नेप्से परिसूचक १८ सय ५८ अंक कायम भएको छ । यसैगरी, आज सेन्सेटिभ समूहमा समेत सुधार देखिएको छ । २.८८ अंकले बढेर सेन्सेटिभ समूह ३६५.९३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढेपनि आज २ वटा समूहको शेयर मूल्य घटेको छ । होटल र टुरिजम समूहमा १९.९४ अंकले घटेको छ । म्यूचुअल फण्ड समूहमा ०.०४ अंकले घटेको छ ।

निर्जीवन बीमा समूहमा ९० अंकको सुधार आउँदा जीवन बीमा समूहमा ३९ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ३३ अंकले सुधारिँदा जलविद्युत समूह १८ अंकले बढेको छ । अन्य समूह ११ अंक, बैंकिङ समूह ११ अंक र उत्पदनमूलक तथा प्रशोधन समूह १० अंकले बढेको छ ।

बजार बढेको दिन २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रुरु जलविद्युत कम्पनी र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । 

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १६:३६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology