Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सानिमा बैंकले प्रस्ताव गर्यो लाभांश

सानिमा बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

६, कार्तिक २०७९
सानिमा बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १६:४०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology