Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे

भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे

दैनिकी न्यूज

७, कार्तिक २०७९
भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे
images

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहीबार बिहान ११ः३७ मिनेटमा जुरेको जनाएको छ । समितिले बिहीबार बिहान ११ः३७ मिनेटमा किजापूजा र भाइटीकाको उत्तम साइत जुरेको बताएको हो ।

पञ्चाङ्ग समितिका पूर्वअध्यक्षसमेत रहेका प्रा.रामचन्द्र गौतम भने बिहीबार दिनभर नै टीका लगाउन मिल्ने बताउँछन् ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो । कात्तिक ६ गते आइतबार कागतिहार, कात्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कात्तिक ८ गते मंगलबार गाईपूजा, कात्तिक ९ गते बुधबार गोवर्द्धन पूजा/म्हपूजा, र कात्तिक १० गते भाइटीका र किजापूजा परेको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - १६:२५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology